काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ९२.०४ अंकले घट्दै १२४९९.५० बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५१.०८ अंकले ओरालो लाग्दै १५६९३.७१ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज प्राइम लाइफ इन्स्योरेन्ुस कम्पनीको सेयरमूल्य ६.१३ प्रतिशतले बढ्दै प्रतिकित्ता ९ सय रुपैयाँ कायम भयो ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले घट्दै प्रतिकित्ता ६१२ रुपैयाँ कायम भयो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो । परिसूचक २.७० अंकले बढ्दै २८१९.६६ बिन्दुमा पुग्यो । यो दिन बजारमा २२८ कम्पनीका १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार ०२९ रुपैयाँमा किनबेच भयो ।
१३ वटा उपसूचकमध्ये आज दुईवटा उपसूचकमा मात्रै हरियाली छायो । बैंकिङ उपसूचक ४७.३७ अंक र वित्तीय उपसूचक ८.२ अंकले बढ्यो ।
व्यापार उपसूचक ४५.०७ अंकले घटेको आज होटल एण्ड टुरिजम ९७.२७, विकास बैंक ८०.४४, हाइड्रो ७१.८, उत्पादन तथा प्रशोधन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, म्युचुअल फन्ड ०.०६ र लगानी उपसूचक २.१६अंकले घट्यो ।
आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै प्राइम लाइफको सेयरमूल्य ६.१३, नेपाल बैंक लिमिटेड ५.५१, नेपाल बंगलादेश बैंक ५.३० र मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो ।
आज हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ५.०९ प्रतिशतले घट्यो । यसैगरी यूनियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ५.०५ र शिवश्री हाइड्रोको सेयरमूल्य ४.६७ प्रतिशतले घट्यो ।
यो दिन सानिमा बैंक लिमिटेडको सर्वाधिक कारोबार भयो । बैंकको आज ३४ करोड १५ लाख बढीको कारोबार भयो भने नेपाल बैंकको २७ करोड १० लाख र माछापुच्छ्रे बैंकको २३ करोड ८६ लाख बढीको सेयर कारोबार भयो ।