परिसूचकमा भारी अंकको गिरावट, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2021-09-27
परिसूचकमा भारी अंकको गिरावट, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४३९.२८ अंकले घट्दै ११७०८.५९ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४३७.१७ अंकले घट्दै १४८८५.०३ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.९८ प्रतिशतले घट्दै प्रतिकित्ता ९८१ रुपैयाँ कायम भयो। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५.५६, सानिमा जनरल ५.३५ र सानिमा लाइफको सेयरमूल्य ४.७३ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो आयो। परिसूचक ७३.०५ अंकले घट्दै २६८५.४१ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२७ कम्पनीका १ करोड ४ लाख ७८ हजार ०६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ०९६ रुपैयाँमा किनबेच भयो। 

आज १३ वटै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ४४.०८ अंकले घटेको आज व्यापार ४१.२६, होटल एण्ड टुरिजम ९०.१२, विकास बैंक १९४.१, हाइड्रोपावर ८०.६१, वित्त ११२.९६, उत्पादन तथा प्रशोधन १०४.३९, अन्य ४६.०२, लघुवित्त १३२.४९, म्युचुअल फन्ड ०.१६ र लगानी उपसूचक २.८६ अंकले घट्यो। 

आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ९.९७ र गोर्खाज फाइनान्स कम्पनीको सेयरमूल्य ६.०८ प्रतिशतले बढ्यो। 

आज गुडविल फाइनान्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ७.८३ प्रतिशतले घट्यो। युनाइटेड इदी मर्दीको सेयरमूल्य ७.७३ प्रतिशत, नेपाल फाइनान्स ७.७२, कालिका पावर कम्पनी ७.७१ र पोखरा फाइनान्स कम्पनीको सेयरमूल्य ७.२० प्रतिशतले घट्यो। 
यो दिन अरुण भ्यालि हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १५ करोड ४९ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: