परिसूचकमा दोहोरो अंकको वृद्धि, नेपाल लाइफ र पुनर्बीमाको सर्वाधिक कारोबार

2020-12-21
परिसूचकमा दोहोरो अंकको वृद्धि, नेपाल लाइफ र पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो दिन आज दुवै बीमा समूह बढोत्तरी आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचक वृद्धि भएका छन्। आज जीवन बीमा समूह २०२.५५ अंकले बढ्दै १२७९१.०३ को उचाईमा पुग्यो। 

यो दिन निर्जीवन बीमा समूह पनि ७५.२५ अंकले बढ्दै ९२०८.७१ को बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरु तर्फ आज एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.४२७९ प्रतिशतले बढ्दै प्रतिकित्ता ८७५ रुपैयाँ कायम भयो। त्यस्तै आज नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि क्रमश ३.२९ र ३.२६ प्रतिशतले बढे। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

अघिल्लो कारोबार दिन गिरावट आएको नेप्से परिसूचक आज भने दोहोरो अंकका साथ उकालो लागेको छ। आज नेप्से परिसूचक ३०.३३ अंकले बढ्दै १९६५.९६ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०२ कम्पनीका १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता सेयर ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा समूह बाहेक अन्य सबैमा हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि उत्पादन तथा प्रशोधन समूहमा देखियो। यो समूह ३.०४ प्रतिशत अर्थात १४१.८७ अंकले बढेको आज बैंकिङ समूह २१.०६, विकास बैंक १४.६६, हाइड्रोपावर २५.१४, वित्त ३.०८, अन्य ३८.१९ र लघुवित्त ३४.५३ अंकले बढे। 

आज सबैभन्दा धेरै गिरावट व्यापार समूहमा आयो। व्यापार समूह ३७.३३ अंकले घटेको आज होटल २३.०५ र म्युचुअल फन्ड ०.०२ अंकले घटे। 

आज एनआइसी एशिया बैंकका लगानीकर्ताले सार्वधिक कमाए। आज यो बैंकको सेयरमूल्य ९.९० प्रतिशतले बढ्दै प्रतिकित्ता ७७७ रुपैयाँ कायम भयो। त्यस्तै एनएमबि माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.२२, कालिका पावर कम्पनी ५.८२ प्रतिशत, शिवम् ५.३६ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य ४.८६ प्रतिशतलेृ बढ्यो। 

आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए। यो बैंकको सेयरमूल्य ९.८७ प्रतिशतले घट्यो भने युनाइटेड इदि मर्दी ९.८५ र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ५.४९ प्रतिशतले घट्यो। 

आज नेपाल लाइफ इन्स्योरेन्सले ७२ करोड ८८ लाख ६९ हजार ९१० रुपैयाँ सहित सर्वाधिक कारोबार गर्यो। त्यस्तै नेपाल पुनर्बीमा कम्पनी ५७ करोड ३९ लाख बढी र एनआईसी एशिया बैंक ४४ करोड ८० लाख बढीको कारोबार गर्न सफल रहे।   

 


Share this with your friends: