परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-09-29
परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २५६.६६ अंकले बढ्दै ११६३९.८२ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २१५.३८ अंकले उकालो लाग्दै १४६६८.५१ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ५.७६ अंकले बढ्दै प्रतिकित्ता ६६१ रुपैयाँ कायम भयो। त्यस्तै प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४.७९, नेपाल इन्स्योरेन्स ४.७६ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ४.७० प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ५०.५८ अंकले बढ्दै २६६५.९३ बिन्दुुको उचाईमा पुग्यो। यो दिन २२९ कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ०९२ रुपैयाँमा किनबेच भयो। 

आज १३ वटै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २०.२९ अंकले बढेको आज व्यापार ७५.४३, होटल एण्ड टुरिजम ३२.९२, विकास बैंक १५०.६८, हाइड्रोपावर ११७.३४, वित्त १०७.४७, उत्पादन तथा प्रशोधन १०३.३६, अन्य ४१.४३, लघुवित्त ८८.०१, म्युचुअल फन्ड ०.०९ र लगानी उपसूचक २ अंबले बढ्यो। 

आज अपि पावर कम्पनी र ग्रिन डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक बढ्यो। यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ९.९३, युनाइटेड इदी मर्दी ९.६४, कालिका पावर ९.५०, हिमालयन उर्जा ९.४९ र छ्याङदी हाइड्रोको सेयरमूल्य ९.२१ प्रतिशतले बढ्यो। 

आज मेगा बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। बैंकको सेयरमूल्य ३.९२ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २२ करोड ६७ लाख बढीको सेयर कारोबार भयो भने हिमालयन डिस्टीलरीको १८ करोड ५९ लाख र नेपाल बैंक लिमिटेडको १६ करोड ५२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: