काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १०४.५७ अंकले घट्दै ११५३५.२६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १०१.४२ अंकले घट्दै १४५६७.२९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको मूल्य २.४१ अ.कले बढ्दै प्रतिकित्ता १३१६ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ६.२९ प्रतिशतले घट्दै प्रतिकित्ता ९८१ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३२.५१ अंकले घट्दै २६३३.४२ बिन्दुमा झर्यो। यो दिन बजारमा २२५ कम्पनीका ७३ लाख २१ हजार ०१४ कित्ता सेयर ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा किनबेच भयो।
१३ वटा उपसूचकमध्ये आज ३ वटा उपसूचकमा मात्रै हरियाली छायो। व्यापार उपसूचक ११८.१३, अन्य ४.५६ र म्युचुअल फन्ड ०.०३ अंकले बढ्यो।
बैंकिङ उपसूचक २०.६ अंकले घटेको आज होटल एण्ड टुरिजम ४४.१५, विकास बैंक १५५.७५, हाइड्रोपावर ८२.५१, वित्त ६८.९६, उत्पादन तथा प्रशोधन १०२.९७, लघुवित्त ३८.२२ र लगानी उपसूचक १.०९ अंकले घट्यो।
आज नेपाल फाइनान्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीकोे सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ६.०५, सिभिल लघुवित्त ५.२९ र महिला लघुवित्तको सेयरमूल्य ४.७३ प्रतिशतले बढ्यो।
आज गुडविल फाइनान्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.८६ प्रतिशतले घट्यो। यसैगरी प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ६.२९, हिमालयन पावर पार्टनर ६.२२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.६३ र बरुण हाइड्रोपावरको सेयरमूल्य ५.५३ प्रतिशतले घट्यो।
यो दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको १२ करोड बढीको सेयर कारोबार भयो।