परिसूचकमा सामान्य अंकको गिरावट, जीवन बीमा उपसूचक बढ्दा निर्जीवनमा भने गिरावट

2021-10-04
परिसूचकमा सामान्य अंकको गिरावट, जीवन बीमा उपसूचक बढ्दा निर्जीवनमा भने गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक ५.६२ अंकले बढ्दै १४३०१.८३ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक १३.१७ अंकले ओरालो लाग्दै ११३३३.५९ बिन्दुमा सीमित भयो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १.७५ प्रतिशतले बढ्दै प्रतिकित्ता ५७५ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.८४ प्रतिशतले घट्दै प्रतिकित्ता ५४७ रुपैयाँमा झर्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ६.६८ अंकले घट्दै २५७०.८१ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२७ कम्पनीका ७६ लाख ५३ हजार २२० कित्ता सेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा किनबेच भयो। 

१३ वटा उपसूचकमध्ये आज ४ वटा उपसूचकमा हरियाली छायो। आज लघुवित्त उपसूचक सबैभन्दा धेरै वृद्धि भयो। लघुवित्त उपसूचक ७२ अ.कले बढ्यो भने अन्य उपसूचक २१.६१, होटल एण्ड टुरिजम १२.८ र जीवन बीमा उपसूचक ५.६२ अंकले बढ्यो। 

हाईड्रोपावर उपसूचकमा आज सबैभन्दा धेरै गिरावट आयो। हाइड्रो उपसूचक ६५.०८, बैकिङ ३.८८, व्यापार २०.७९, विकास बैंक ८६.४, वित्त ५२.९३, उत्पादन तथा प्रशोधन ३२.४३, म्युचुअल फन्ड ०.१ र लगानी उपसूचक ०.६४ अंकले घट्यो। 

आज आशा लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९, सपोर्ट माइक्रोफाइनान्स ९.९७ र मिथिला लघुवित्त ९.८३ प्रतिशतले बढ्यो। 

आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.३८ प्रतिशतले घट्यो। 

यो दिन युनाइटेड मोदि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको १२ करोड १२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: