काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज निर्जीवन बीमा उपसूचक २१२.४ अंकले बढ्दै १२४३७.५६ बिन्दुको उचाईमा पुग्यो । यस्तै जीवन बीमा उपसूचक पनि ११३.२४ अंकले उकालो लाग्दै १५१५९.२६ बिन्दुमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता ६५५ रुपैयाँ कायम भयो ।
यस्तै आज सबैभन्दा धेर्रै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो । परिसूचक २६.४४ अंकले बढ्दै २७१५.३५ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २२८ कम्पनीका ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँमा किनबेच भयो ।
आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सक्रिट लाग्यो । बोटलर्स नेपाल तराई र मानुषि लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यसैगरी तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ९.९९, मैलुङ खोला जलविद्युत ९.६१, शिवश्री हाइड्रोपावर ८.७० र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ७.५६ प्रतिशतले बढ्यो ।
यस्तै आज महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा सर्वाधिक अर्थात ४.४६ प्रतिशतको गिरावट आयो ।
आज बजारमा सबै उपसूचकमा हरियाली छायो । बैंकिङ उपसूचक ०.९६ अंकले बढेको आज व्यापार ५५.९४, होटल एण्ड टुरिजम ५८.५४, विकास बैंक १४१.०४, हाइड्रोपावर ५०.०५, वित्त ५७.८४, उत्पादन तथा प्रशोधन १०९.४९, अन्य १८.३१, लघुवित्त ६३.३८, म्युचुअल फन्ड ०.०३ र लगानी उपसूचक १.६९ अंकले बढ्यो ।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । बैंकको ३५ करोड ४६ लाख बढीको सेयर कारोबार भयो भने एचआईडिएलको २८ करोड ६४ लाख र लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।