परिसूचकमा सामान्य अंकको सुधार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-11-22
परिसूचकमा सामान्य अंकको सुधार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज निर्जीवन बीमा उपसूचक ९९.४८ अंकले बढ्दै १२४५०.५४ बिन्दुमा पुग्यो । यो दिन जीवन बीमा उपसूचकमा भने गिरावट आयो । यो परिसूचक ७.०८ अंकले ओरालो लाग्दै १४९६९.५१ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए । आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.०८ प्रतिशतले बढ्दै प्रतिकित्ता ८८२ रुपैयाँ कायम भयो । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य २.५५ प्रतिशतले बढ्दै प्रतिकित्ता ७२३ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको सुधार आयो । परिसूचक ७.९० अंकले बढ्दै २७६५.४३ बिन्दुमा पुग्यो । यो दिन बजारमा २२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा ८ वटा उपसूचकमा हरियाली छायो । बैंकिङ उपसूचक २.८९, व्यापार १५.८३, होटल एण्ड टुरिजम १४९.७९, हाईड्रोपावर १०.९२, अन्य २७.६५, म्युचुअल फन्ड ०.०६ र लगानी उपसूचक ०.७२ अंकले बढ्यो । 

आज विकास बैंक उपसूचक ३४.९९, वित्त २३.२९, उत्पादन तथा प्रशोधन २४.९१ र लघुवित्त उपसूचक १४.५७ अंकले घट्यो । 

आज मानुषी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सक्रिर्ट लाग्यो । यसैगरी चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.७५ र खानीखोला हाईड्रोपावरको सेयरमूल्य ५.०३ प्रतिशतले बढ्यो । 

आज कर्पोरेट डभेलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.७० प्रतिशतको गिरावट आयो । 

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । बैंकको आज ३४ करोड ४१ लाख बढीको सेयर कारोबार भयो भने एनटीसीको २९ करोड १८ लाख र  अरुण काबेली पावरको १४ करोड ८७ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: