काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज निर्जीवन बीमा उपसूचक ३६.२२ अंकले बढ्दै १२२८५.२६ बिन्दुमा पुग्यो । आज जीवन बीमा उपसूचकमा भने गिरावट आयो । जीवन बीमा उपसूचक ६१.२५ अंकले ओरालो लाग्दै १४७१७.२६ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.९२ प्रतिशतले बढ्दै प्रतिकित्ता १०७९ रुपैयाँ कायम भयो ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य १.५१ प्रतिशतले घट्दै प्रतिकित्ता ९१५ रुपैयाँ कायम भयो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भयो । परिसूचक १.८२ अंकले बढ्दै २७३४.९३ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँमा किनबेच भयो ।
आज बजारमा १० वटा उपसूचकमा हरियाली छायो । होटल एण्ड टुरिजम उपसूचक २.०८ अंकले बढेको आज विकास बैंक ४२.८१, हाईड्रोपावर २३.३७, वित्त ३५.६८, उत्पादन तथा प्रशोधन २६.८२, अन्य ५.४, लघुवित्त ३.४१, म्युचुअल फन्ड ०.०३ र लगानी उपसूचक ०.५५ अंकले बढ्यो ।
आज व्यापार उपसूचक ३८.८३ र बैंकिङ ७.२२ अंकले घट्यो ।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य ९.४७ प्रतिशतले बढ्यो । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.६५, पन्चकन्या माईहाईड्रो ६ र जोशी हाईड्रोपावरको सेयरमूल्य ४.८५ प्रतिशतले बढ्यो ।
यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य २.५५ प्रतिशतले घट्दै प्रतिकित्ता ८४२ रुपैयाँ कायम भयो ।
आज एनटीसीको सर्वाधिक सेयर कारोबार भयो । एनटीसीको आज २६ करोड १५ लाख बढीको सेयर कारोबार भयो भने आईसीएफसी फाईनान्सको १८ करोड ६७ लाख र अपि पावर कम्पनीको १७ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।