परिसूचकमा झिनो गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-11-30
परिसूचकमा झिनो गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ९६.६ अंकले बढ्दै ११७७१.२४ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ६९.५४ अ.कले घट्दै १३९७२.२२ बिन्दुमा सीमित भयो।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज युनियन लाइफको सेयरूमूल्य ३ प्रतिशतले बढ्दै प्रतिकित्ता ७०० रुपैयाँ कायम भयो।

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमूल्य २.८६, आइएमई जनरल २.७१ र गुराँस लाइफको सेयरमूल्य २.५३ प्रतिशतले घट्यो।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आयो। परिसूचक १.६४ अंकले घट्दै २६२८.३७ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँमा किनबेच भयो।

आज बजारमा ६ वटा उपसूचकमा मात्रै हरियाली छायो भने अन्य सबै उपसूचकमा रातो पोतियो। आज विकास बैंक उपसूचक ४०.८८, हाईड्रोपावर ११.४, वित्त ८.८९, अन्य १४.११ र म्युचुअल फन्ड उपसूचक ०.०१ अंकले बढ्यो।

बैंकिङ उपसूचक ६.५६ अंकले घटेको आज व्यापार २२.६२, होटल एण्ड टुरिजम ४.१९, उत्पादन तथा प्रशोधन ५१.६९, लघुवित्त १०.९५ र लगानी उपसूचक ०.४३ अंकले घट्यो।

आज सामलिंग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। यस्तै न्यादी हाइड्रोपावरको सेयरमूल्य ९.९८, तेह्रथुम पावर कम्पनी ७.०८ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ६.४९ प्रतिशतले बढ्यो।

आज इन्फिनीटी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। संस्थाको सेयरमूल्य ४.७७ प्रतिशतले घट्यो।

यो दिन आइसीएफसी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज १६ करोड २ लाख बढीको सेयर कारोबार भयो।     


Share this with your friends: