काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २४५.८५ अंकले ओरालो लाग्दै ११५०६.३६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २३०.८३ अंकले घट्दै १३७३६.८६ बिन्दुमा सीमित भएको छ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ०.५९ प्रतिशतले बढ्दै प्रतिकित्ता ६८५ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन। बीमातर्फ आज एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले घट्दै प्रतिकित्ता ६४७ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४९.०४ अंकले घट्दै २५८४.६१ बिन्दुमा झर्यो। यो दिन बजारमा २३१ कम्पनीका ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १७.८८ अंकले घटेको आज व्यापार ३६.०५, होटल एण्ड टुरिजम ६२.३७, विकास बैंक १८९.०१, हाइड्रोपावर ६६.६५, वित्त ९३.३७, उत्पादन तथा प्रशोधन १५३.६७, अन्य ७५.८९, लघुवित्त ८४.४, म्युचुअल फन्ड ०.२ र लगानी उपसूचक १.४१ अंकले घट्यो।
आज सामलिंग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। यस्तै न्यादी पावरको सेयरमूल्य ९.९८ र महिला लघुवित्तको सेयरमूल्य ८.५० प्रतिशतले बढ्यो।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। बैंकको सेयरमूल्य ६.८० प्रतिशतले घट्यो। मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.७५, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ५.५७ र युनाईटेड इदी मर्दीको सेयरमूल्य ५.४१ प्रतिशतले घट्यो।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो। यो बैंकको आज १२ करोड ४३ लाख बढीको सेयर कारोबार भयो।