काठमाण्डौ । नेप्से परिसूचकमा पोजेटिभ सक्रिर्ट लागेको छ । साताको तेस्रो कारोबार दिन आज १२ः३८ बजे नेप्से परिसूचक ५.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो । नेप्से परिसूचक ५.०१ प्रतिशत अर्थात ११४.२५ अंकले बढ्दै २३९५.९३ बिन्दुको उचाईमा पुग्यो ।
पोजेटिभ सक्रिर्ट लागेसँगै सेयर कारोबार ४० मिनेटका लागि स्थगित हुनेछ । अब सेयर कारोबार १ः१८ मिेनटमा खुल्नेछ । बिगत केहि दिनदेखि निरन्तर ओरालो लागिरहेको बजारमा आज उछाल आएको छ । आज १३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।