काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा समूहमा हरियाली छाएको छ। आज निर्जीवन बीमा समूह ११२.६६ अंकले बढ्दै ९९३१.५१ बिन्दुको उचाईमा पुग्यो।
आज जीवन बीमा समूह पनि २४.८३ अंकले बढ्दै १३९२४.२५ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। आज प्रभु लाइफको सेयरमूल्य ९.४९ अंकले बढ्दै प्रतिकित्ता १७३ रुपैयाँ कायम भयो। त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि ६.७६ अंकले बढ्दै प्रतिकित्ता ७११ रुपैयाँ कायम भयो।
त्यसै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक १३.०७ अंकले बढ्दै २१७८.५७ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०५ कम्पनीका १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँमा किनबेच भयो।
१२ वटा समूहमध्ये आज बजारमा १० वटा समूहमा बढोत्तरी आयो भने अन्य दुई समूहमा भने गिरावट आयो। बैंकिङ समूह ११.८ अंकले बढेको आज होटल ०.८५, विकास बैंक २२.९५, वित्त ३.६, उत्पादन तथा प्रशोधन ३०.६, अन्य ६.३३, लघुवित्त ५६.३१ र म्युचुअल फन्ड ०.०९ अंकले बढे।
आज व्यापार समूहमा सर्वाधि गिरावट आयो। यो समूह २०.९९ अंकले घट्यो भने हाइड्रोपावर १२.८ अंकले घट्यो।
आज कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो। यो दिन बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। यस्तै जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.९६, नारायणी डेभलपमेन्ट बैंक ९.९४ र प्रभु लाइफको सेयरमूल्य ९.४९ प्रतिशतले बढ्यो।
आज जोशी हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए। यो कम्पनीका लगानीकर्ताले ५.१३ प्रतिशतका दरले गुमाए भने नेपाल हाइड्रो ४.२०, घलेम्दी हाइड्रो ४.२०, श्री इन्भेष्टमेन्ट फाइनान्स ३.८० र बोटलर्स नेपालका लागनीकर्ताले ३.७७ प्रतिशतका दरले गुमाए।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। यो कम्पनीको २१ करोड ३३ लाख बढीको सेयर कारोबार भयो भने शिखर इनस्योरेन्सको २० करोड २ लाख र नेपाल पुनर्बीमाको १७ करोड ४४ लाख बढीको सेयर कारोबार भएको छ।