परिसूचकमा दोहोरो अंकको करेक्सन, नेपाल लाइफको १ अर्ब बढीको कारोबार

2021-01-26
परिसूचकमा दोहोरो अंकको करेक्सन, नेपाल लाइफको १ अर्ब बढीको कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ।आज निर्जीवन बीमा समूह ९८.५७ अंकले घट्दै ११६८७.०९ बिन्दुमा सीमित बन्यो।निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूह समेत ओरालो लाग्यो।यो समूह ४१.०९ अंकले घट्दै १६८१८.९८ को बिन्दुमा झर्यो।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो।यो कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले बढ्दै प्रतिकित्ता ५७५ रुपैयाँ कायम भयो।आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।

बजारमा अरु के–के भयो ?

आज बजारमा दोहोरो अंकको करेक्सन आएको छ।आज नेप्से परिसूचक १७.७९ अंकले घट्दै २४२३.०९ को बिन्दुमा सीमित बन्यो।यो दिन बजारमा २०७ कम्पनीका १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता सेयर ८ अर्ब २७ करोड ९७ लाख १ हजार ०७७ रुपैयाँमा किनबेच भयो।

आज बजारमा २ वटा समूह बाहेक अन्य सबै समूहमा रातो छायो।आज होटल समूह ५४.०५ अंकले र वित्त समूह १३.०७ अंकले बढ्यो।

बैंकिङ समूह ६.८१ अंकले घटेको आज व्यापार ९२.४२, विकास बैंक २९.४८, हाइड्रो २७.५, उत्पादन तथा प्रशोधन ४१.८७, अन्य २६.७९, लघुवित्त ५९.७२ र म्युचुअल फन्ड ०.०३ अंकले घटे।

आज गुराँस लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो।यो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो भने प्रभु लाइफको ९.९४, युनाइटेड फाइनान्स ९.८८, पोखरा फाइनान्स ८.३६ र ओरियन्टल होटल ७.०३ प्रतिशतले बढ्यो।

त्यस्तै आज शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए।यो कम्पनीको सेयरमूल्य ४.९५ प्रतिशतले घट्यो।आज सबैभन्दा धेरै गुमाउने अन्य कम्पनीमा प्रोग्रेसिफ फाइनान्स, राष्ट्रिय बीमा संस्थान, सान्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावर रहे।यी कम्पनीको सेयरमूल्य क्रमशः ४.५७, ४.४७, ४.३१ र ४.२८ प्रतिशतले घटे।

१ अर्ब ४५ करोड बढी सहित यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो।यसैगरी नेपाल बैंक लिमिटेडको ५२ करोड ५३ लाख, शिखर इन्स्योरेन्स २३ करोड १७ लाख, नेपाल पुनर्बीमा २० करोड ४ लाख र नेपाल टेलिकमको १६ करोड ४४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: