काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ४१०.३९ अंकले उकालो लाग्दै १२५६२.१६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह ४२.४७ अंकले ओरालो लाग्दै १७८२७.६९ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता १३९७ रुपैयाँ कायम भयो। त्यस्तै आज प्रभु लाइफको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता ६९५ रुपैयाँ नेपाल इन्स्योरेन्सको ७.७३ प्रतिशतले बढ्दै प्रतिकित्ता ८०८ रुपैयाँ कायम भयो। आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ६.०९ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स ५.८३, प्रिमियर इन्स्योरेन्स ५.७४, शिखर इन्स्योरेन्स ५.६१, एभरेष्ट इन्स्योरेन्स ५.१७, लुम्बिनी जनरल इन्स्योरेन्स ४.८६, सिद्धार्थ इन्स्योरेन्स ४.६९ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ४.३२ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएको छ। परिसूचक १६.५५ अंकले घट्दै २४२५.२९ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०९ कम्पनीका २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ३ वटा समूहमा मात्रै हरियाली छायो। आज निर्जीवन बीमा समूह ४१०.३९ अंकले, उत्पादन तथा प्रशोधन १६७ र लघुवित्त ८७.२४ अंकले बढ्यो।
बैंकिङ समूह ४१.०८ अंकले घटेको आज व्यापार ४.९८, होटल २५.९६, विकास बैंक ४३.२५, हाईड्रोपावर २२.९१, वित्त १८.२, अन्य ११.०३, जीवन बीमा ४२.४७ र म्युचुअल फन्ड ०.२२ अंकले घट्यो।
आज सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै सर्पोट माइक्रोफाइनान्सको ९.९८, आरम्भ चौतारी लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो।
आज हिमालयन पावर पार्टनरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.२९ प्रतिशतले घट्यो भने गुडविल फाइनान्स ५.९७, मिथिला लघुवित्त ५.८२ र गुराँस लघुवित्तको सेयरमूल्य ५.७७ प्रतिशतले घट्यो।
यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको ५७ करोड ८८ लाख बढीको सेयर कारोबार भयो। यसैगरी हिमालयन डिष्टीलरीको ३२ करोड १० लाख, नेपाल पुनर्बीमा ३२ करोड २ लाख, एनआईसी एशिया बैंक २८ करोड ६० लाख र शिखर इन्स्योरेन्स २७ करोड ३१ लाख बढीको सेयर कारोबार भयो।