काठमाण्डौ । नेप्से परिसूचकले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको योे साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। यो साता एउटा मात्रै जीवन बीमा कम्पनीको सेयरमूल्यमा बढोत्तरी आयो। एक साताको अवधिमा जीवन बीमातर्फ यो साता रिलायन्स लाइफ इन्स्यारेन्सको सेयरमूल्य १ रुपैयाँले बढ्यो। यो कम्पनी बाहेक अन्य सबै जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो।
एक साताको अवधिमा जीवन बीमातर्फ सबैभन्दा धेरै गिरावट गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा आयो। गत साताको अन्तिम कारोबार दिन ६३२ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम दिन प्रतिकित्ता ५९५ रुपैयाँमा झर्यो। यसरी एक साताको अवधिमा यो कम्पनीको सेयरमूल्यमा ३७ रुपैयाँको गिरावट आयो।
त्यस्तै यो एक साताको अवधिमा लाइफ इन्स्योरेन्स कम्पनी(नेपाल)को सेयरमूल्य पनि ३३ रुपैयाँका दरले घट्यो। गत साता १६९५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम दिन आइपुग्दा प्रतिकित्ता १६६२ रुपैयाँ कायम भयो। यो अवधिमा सूर्या लाइफको सेयरमूल्यमा ३० रुपैयाँको गिरावट आयो।
एसियन लाइफको सेयरमूल्यमा १९ रुपैयाँको गिरावट आएको यो साता प्राइम लाइफको १६ रुपैयाँ, नेपाल लाइफ इन्स्यारेन्स ७ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा २ रुपैयाँको गिरावट आयो।
निर्जीवन बीमा कम्पनी
यो साता निर्जीवन बीमा कम्पनीहरुको मिश्रित प्रशर्दन रह्यो। यो एक साताको अवधिमा अजोड र शिखर इन्स्योरेन्सको सेयरमूल्यमा सबैभन्दा धेरै वृद्धि भयो। यी दुवै कम्पनीको सेयरमूल्य समान १३७ रुपैयाँले बढे। गत साता ५६३ रुपैयाँ रहेको अजोड इन्स्योरेन्सको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन ७०० रुपैयाँको उचाईमा पुग्यो। त्यस्तै गत साता १५८२ रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको सेयरमूल्य यो साता १७१९ रुपैयाँ कायम भयो।
यस्तै नेको इन्स्योरेन्सको सेयरमूल्य १०७ रुपैयाँले बढ्यो। गत साता प्रतिकित्ता ९७३ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साता १०८० को उचाईमा पुग्यो। यो साता नेपाल इन्स्योरेन्सको सेयरमूल्य ३१ रुपैयाँे बढ्यो भने जनरल इन्स्योरेन्सको २३ रुपैयाँ, हिमालयन जनरलको १९ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स १६ रुपैयाँ, प्रिमियर इन्स्योरेन्स ५ रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्स १ रुपैयाँले बढे।
यो साता निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आयो। यो कम्पनीको सेयरमूल्यमा यो साता ८०० रुपैयाँको गिरावट आयो। यस्तै आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा २८ रुपैयाँको गिरावट आयो भने सिद्धार्थ इन्स्योरेन्स २४ रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स २३ रुपैयाँ, सगरमाथा इन्स्योरेन्स २२ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स १८ रुपैयाँ, एनएलजी इन्स्योरेन्स १५ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स १० रुपैयाँको गिरावट आयो।