काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४७.२८ अंकले घट्दै १८५७६.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २२.०७ अंकले घट्दै १५१७८.६५ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ४.१५ प्रतिशतले घट्दै प्रतिकित्ता १०४० रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। परिसूचक ३८.३२ अंकले बढ्दै २९८३.११ बिन्दुको उचाइमा पुुग्यो। यो दिन बजारमा २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा किनबेच भयो। आज भएको कारोबार रकम अहिलेसम्मकै धेरै हो।
१३ वटा समूहमध्ये आज ७ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज विकास बैंक समूहमा उछाल आयो। यो समूह ३८८.२४ अंकले बढ्यो। यस्तै बैंकिङ समूह ८.०८, वित्त १७३.५०, होटल एण्ड टुरिजम १६७.९६, हाइड्रोपावर १८६.३०, उत्पादन तथा प्रशोधन ६०.६३ र लगानी समूह २.४९ अंकले बढ्यो।
लघुवित्त समूह १७.६८ अंकले घटेको आज व्यापार ४०.७६, अन्य ८.७१ र म्युचुुअल फन्ड ०.०५ अंकmे घट्यो।
आज ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स , आइसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक ४.१५ प्रतिशतको गिरावट आयो।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर करोबार भयो। कम्पनीको ७२ करोड २९ लाख बढीको कारोबार भयो भने लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख र नेशनल हाइड्रोपावरको ५४ करोड ४० लाख बढीको कारोबार भयो।