काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूह वृद्धि भएका छन्। आज निर्जीवन बीमा समूह १४४.८६ अंकले बढ्दै १००७६.३७ को उचाईमा पुग्यो। आज जीवन बीमा समूह पनि ३८.८५ अंकले बढ्दै १३९६३.११ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य ९.९२ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.८३, एनएलजीको ७.४३ र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ७.०५ प्रतिशतले बढ्यो।
यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। आज परिसूचक १५.९१ अंकले बढ्दै २१९४.४८ को उचाईमा पुग्यो। यो अहिलेसम्मकै उच्च बिन्दु हो। यसअघि हिजो नेप्से परिसूचक १३।०७ अंकले बढ्दै २१७८।५७ को अहिले सम्मकै उच्च बिन्दुमा पुगेको थियो। आज बजारमा २०८ कम्पनीका १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह १३.०४ अंकले बढेको आज व्यापार ११२.६१, होटल ५.९४, विकास बैंक १०, हाइड्रो १०.६४, वित्त १०.२४, उत्पादन तथा प्रशोधन ११५.८३, लघुवित्त ४६.५३ र म्युचुअल फन्ड ०.०१ अंकले बढे।
आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा आईएमई जनरल इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ८ प्रतिशत बढीले बढ्यो।
यो दिन एभरेस्ट बैंकको सीपी र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।
यो दिन प्रभु बैंकको सबैभन्दा बढी ३१ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको आज चिमिले हाइड्रोपावरको २४ करोड ७९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३ लाख रुपैयाँ, एनआईसी एसियाको २२ करोड ६१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १३ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकको १२ करोड ८७ लाख रुपैयाँ र नेपाल टेलिकमको १२ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भयो।