काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले कोरोना बीमा बापत प्राप्त गरेको १ लाख रुपैयाँ गृह जिल्ला ताप्लेजुङका न्युन आय भएका विपन्न, विद्यार्थी, असाहय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गरेका छन् ।
मन्त्री भट्टराईको स्वकीय सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै भट्राइले कोरोना बीमा बापत प्राप्त गरेको रु १ लाख रुपैयाँ गृह जिल्ला ताप्लेजुङका ३ सय जना न्युन आय भएका विपन्न, विद्यार्थी, असाहय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गरेको जनाएको हो ।
सचिवालयले यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ स्थायि ठेगाना भएका १२ सय ७३ जनाको कोरोना बीमा गरिदिएको जनाएको छ । यसरी मन्त्री भट्टराइले आफ्नो निर्वाचन क्षेत्रमा स्थानिय ठेगाना भएका कुल १५ सय ७६ जनाको कोरोना बीमा गरिएको सचिवालयले जनाएको छ ।