पुतलीसडकमा नेपाल एसबिआई बैंकको एटीएम आउटलेट

2021-04-25
पुतलीसडकमा नेपाल एसबिआई बैंकको एटीएम आउटलेट

काठमाण्डौ। नेपाल एसबिआई बैंकले काठमाण्डौको पुतलीसडकमा आफ्नो एटीएम आउटलेटको उद्घाटन गरेको छ। 

उक्त एटीएम आउलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका छन्। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार श्री छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।

बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


Share this with your friends: