पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन

2020-12-07
पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन

काठमाण्डौ । नियाकम निकाय बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी र अन्य सबै निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। समितिले आज(मंसिर २२ गते) एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। 

समितिले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि अलग अलग निर्देशिका तयार गरेको हो ।

समितिले  निर्जीवन बीमा कम्पनीहरुका लागि एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ भने पुनर्बीमा कम्पनीका लागि एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।


Share this with your friends: