पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

2021-09-20
पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

काठमाण्डौ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। फाइनान्सले लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्ज उमनपा वडा नं। १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्लाको कोहलपुर नपा वडा नं.११ कोहलपुर चोकमा आफ्नो २३ औँ र २४ औँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारका लागि विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्यअनुरुप नेपालगन्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ। यी शाखाहरुमार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्सलगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए।

चुक्तापुँजी ९६.३१ करोड रहेकोसंस्थाको हालसम्मको निक्षेप ९ अर्ब ३४ करोड रुपैयाँ तथा कर्जा लगानी ७ अर्व ४६ करोड रुपैयाँ रहेको छ।


Share this with your friends: