काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको निर्णयबमोजिम प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।
यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण प्रुभ क्यापिटलले गर्नेछ ।