प्रभु पे र लस्कर फुड्सबीच सम्झौता

2021-07-28
प्रभु पे र लस्कर फुड्सबीच सम्झौता

काठमाण्डौ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ। 

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्समा भुक्तानी गर्न सक्नेछन्। यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पेमार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ। 

प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ। त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए। 


Share this with your friends: