प्रभु बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-07
प्रभु बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांस वितरण गरिनेछ। 

 


Share this with your friends: