प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

2021-05-20
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ। कम्पनीको २५ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुन गईरहेको हो । 

कम्पनीको सञ्चालक समितिको ३८९ औँ बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियोृ। 

सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको उदेश्य अन्तर्गत सामूहिक लगानी कोष(म्युचुअल फन्ड)योजना सञ्चालन गर्ने, गराउने थप गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

 


Share this with your friends: