प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-05-20
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

 काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २५ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो ।

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै कम्पनीको उदेश्य अन्तर्गत सामूहिक लगानी कोष(म्युचुअल फन्ड)योजना सञ्चालन गर्ने, गराउने थप गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७÷७८ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।  


Share this with your friends: