प्रभु सेलेक्ट फन्डमा आवेदन दिने आज अन्तिम दिन

2021-05-23
प्रभु सेलेक्ट फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको गत जेठ ५ गतेदेखि १० करोड इकाइ सार्वजनिक निष्कासन गरिएको थियो ।   

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत वा १० लाख इकाइ सुरक्षित राखि बाँकी न्यूमतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । 

यो योजनाको आकार १ अर्ब रुपैयाँ र यसको अवधि ७ वर्षको हुनेछ । यो बन्दमुखी योजना हुनेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: