काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म जारी गरेको ४ अर्ब रुपैयाँबराबरको ‘८.५० प्रभु बैंक डिभेन्चर २०८७’ नामक ऋणपत्रको २४ लाख कित्ता जेठ ३१ गते बाँडफाँड गरेको हो ।
यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० इकाइ बाँडफाँड गरी बाँकी रु. १ अर्ब ५९ करोड ७५ लाख ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट तथा २४ लाख कित्ता ऋणपत्रले हुन आउने रु. २ अर्ब ४० करोड ऋणपूँजी रहक विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री तथा निष्कासन खुला गरिएको थियो ।
बैंकको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।