काठमाण्डौ । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का १२ करोड ५० लाख नेप्सेको असार ६ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ७ गते नेप्से र प्रभु क्यापिटलबीच सूचीकरण सम्झौता भएको थियो ।
नेप्सेले यो म्युुचुुअल फन्डलाई दास्रो बजार कारोबारकका लागि ‘पीएसएफ’ कोड प्रदान गरेको छ ।
यो योजनाका इकाईको सार्वजनिक निष्कासन गत जेठ ५ गतेदेखि गरिएको थियो भने यसको बाँडफाँड कार्य जेठ १४ गते सम्पन्न गरिएको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा यो योजनाका इकाइहरुको कारोबार भोलिदेखि हुनेछ ।