काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बझाउन क्यापिटलले आग्रह गरेको छ ।
प्रभुु क्यापिटलबाट हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राही खाताधनीहरुले हितग्राही खाता नविकरणका लागि बुझाउन बाँकी वार्षिक शुल्क प्रति आ.व रु.१०० बुझाउन क्यापिटलले एक सूचना जारी गर्दै आग्रह गरेको हो । यसका लागि प्रभु क्यापिटल लिमिटेड आई बुझाउन र आफुलाई पायक पर्ने नजिकको प्रभु बैंकको शाखा कार्यालय सम्पर्क राखि क्यापिटलको नाममा रहेको प्रभु बैंकको कमलादीको खाता न. १११००६३१८१६००१०३ मा हितग्राही खातावालाको नाम, थर, हितग्राही खाता न. तथा आर्थिक वर्ष उल्लेख गरी साउन १५ गतेभित्र बुझाउनु पर्नेछ । साथै सो जम्मा भौचरको प्रति कम्पनीको इमेल info@prabhucapital.com मा पठाउनु पर्नेछ ।
डिम्याट तथा मेरो सेयर खाताको नविकरण शुल्क मेरो सेयर तथा प्रभुु पे, ई–सेवा, खल्ती, कनेक्ट आईपीएस र आइएमई पेमार्फत समेत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
मेरो सेयर लिएकाहरुले यो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र रु ५० का दरले शुल्क तिरी नविकरण गरिसक्नुपर्ने र अन्यथा यो सेवा स्वतः बन्द हुने क्यापिटलले जनाएको छ । हितग्राही खाता नविकरण गर्ने समयमा नै मेरो सेयरको सेवाको समेत शुल्क तिरी नविकरण गर्न सकिने क्यापिटलले जनाएको छ ।