काठमाण्डौ। प्रभु बैंक लिमिटेडले काठमाण्डौ बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको हो ।
प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा आज एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेन्टल अस्पतालका तर्पmबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठका बीच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको हो।
प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर डेन्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्री खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाइ भोगिरहेका आर्थिक रुपमा विपन्न बिरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ। यसबाट कान्तिपुर डेन्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले अत्याधुनिक स्वास्थ्य सामग्रीको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ।