प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

2021-08-17
प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २६ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत साउन २८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(भदौ १) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 

बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म ४ अर्ब रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । 

यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० इकाइ बाँडफाँड गरी बाँकी रु. १ अर्ब ५९ करोड ७५ लाख ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट तथा २४ लाख कित्ता ऋणपत्रले हुन आउने रु। २ अर्ब ४० करोड ऋणपूँजी रहक विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री तथा निष्कासन खुला गरिएको थियो । 


Share this with your friends: