काठमाण्डौ । प्रभु क्यापिटलले आज भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिकाहरुलाई लक्षित गरेर उनीहरुका लागि ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको सुरुआत गरेको छ।
यस योजनाअन्तर्गत प्रभु क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ। यो योजनामा नानीबाबुहरु पीएमएस सेवा लिनका लागि जोडिएपश्चात क्यापिटलले एउटा पीएमएसबापत १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्नेछ।
प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्ना तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुआत गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्ज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सक्नेछ।
‘हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित सञ्चालन गरिने यो योजनालाई प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ।
यस योजनाका विशेषताहरु
–न्यूनतम लगानी अवधि : वर्ष
–हर्डल रेट : ८ प्रतिशत
–वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : २ प्रतिशत
–मुनाफामा लाग्ने शुल्क : २० प्रतिशत
–लक इन अवधि : ५ वर्ष
–लक इन अवधिअगावै योजना बन्द शुल्क : ३ प्रतिशत
–नाफा वितरण : न्यूनतम लगानी अवधिपश्चात
– गरिब तथा पिछडिएका बालबालिकालाई १ वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ।