काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस १८ गते आइतबारका दिन काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने,प्राप्ति तथा खरिद सम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ। यो प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा आ।व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७८/७९ का लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ।
बैंकले वार्षिक साधारण सभा प्रयोजनार्थ पुस ४ गते एक दिनका लागि बुक क्लोज(सेयर दाखिला खारेज दर्ता) गर्ने निर्णय गरेको छ।