प्राइम कमर्सियल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

2020-12-21
प्राइम कमर्सियल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५ सय रुपैयाँको १५ प्रतिशतले हुन आउने २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४२५ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: