प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

2021-04-22
प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी आरबीबी मर्चेन्टलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरिएको हो। अब डिबेन्चर रजिस्ट्रारअन्तर्गतको सम्पूर्ण कार्यहरु आरबीबी मर्चेन्टमार्फत हुने बैंकले जनाएको छ। 

डिबेन्चर रजिष्ट्रारसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। 

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ लिमिटेड हो।


Share this with your friends: