प्राइम कमर्सियल बैंकद्वारा वीर अस्पताललाई रु. ३० लाखबराबरको स्वास्थ्य सामग्री प्रदान

2021-05-27
प्राइम कमर्सियल बैंकद्वारा वीर अस्पताललाई रु. ३० लाखबराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वीर अस्पताललाई ३० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

बैंकले वीर अस्पताललाई पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ। ती स्वास्थ्य सामग्री बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा। जागेश्वर गौतमलाई एक समारोहबीच हस्तान्तरण गरेका छन्। 

यसअघि बैंकले सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिन्डर वितरण गरेको थियो। हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड­१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शथ्या, अक्सिजनलगायत अन्य अति आवश्यक स्वास्थ सामग्रीको चरम अभाव भई संक्रमित बिरामीको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै अस्पतालहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्दै आएको बैंकले जनाएको छ।

कोभिडविरुद्धको लडाइमा गर्दै आएको सहयोगलाई भविष्यमा पनि जारी राख्ने बैंकले जनाएको छ


Share this with your friends: