प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

2021-06-25
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(असार ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 

यो सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन्। यो सेयरको बिक्री प्रबन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 

लगानीकर्ताले नविल इन्भेष्टमेन्ट बैंकिङ सेन्ट्रेल प्लाजा नक्साल काठमाण्डौ र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्सालमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले चैत १९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: