काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको सेयर बाँडफाँड गरिएको छ ।
उक्त बोलकबोल सेयर असार २२ गते बाँफाँड गरिएको हो । फरवार्ड लघुवित्तको ३ लाख ९४ हजार ६६४ कित्ता सेयर गत असार ३ गतेदेखि १७ गतेसम्म लिलामीमा राखिएको थियो । उक्त बाँडफाँडमा ८९६ देखि ८५०.५० रुपैयाँसम्म रितपूर्वक आवेदन दिने बालपत्रदाताहरुलाई माग जम्मा ३ लाख ७४ हजार कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
रित नपुगेका तथा बढी रकम जम्मा गरेका बोलपत्रदाताहरुको रकम असार २५ गते आईपीएसमार्फत दरखास्त फारममा उल्लेख गरिएको खातामा भुक्तानी गरिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।