फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक

2021-08-11
फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक

काठमाण्डौ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरु गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक गरेको छ। 

गत साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले १ लाख रुपैयाँ जित्दै आएका छन्। हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका छन्। 

तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्वजनिक हुने गरेका छन्। हालसम्म काठमाण्डौका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रालि, उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले १–१ लाख रुपैयाँ जित्न सफल भएका छन्। यस योजनामा हरेक दिन क्यूआरमार्फत भुक्तानी लिने व्यवसायी ९मर्चेन्ट०ले हरेक दिन १ लाख रुपैयाँ जित्न सकिनेछ। 

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यावसायलाई समेट्ने यो योजनामा फोनपेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरुको सहभागिता हुनेछ। 

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ। फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्याननम्बरमार्फत आफै रजिष्ट्रर हुन सकिन्छ। यसका साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ।

यस योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुँदै आएका छन्। यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिँदै आएको छ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजनेसको फेसबुक लाइभमार्फत गरिँदै आएको छ। यो योजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ।


Share this with your friends: