फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाको विजेताले पाए ‘ग्रान्ड आई१०’

2021-08-31
फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाको विजेताले पाए ‘ग्रान्ड आई१०’

काठमाण्डौ। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ। 

यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले ह्युन्डाईको ग्रान्ड आई१० गाडी जित्न सफल भएका हुन्। उनलाई एक कार्यक्रमकबीच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर,  नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठ र फोनपेका ब्रान्ड एम्बेस्डर सन्दीप क्षेत्रीले गाडी हस्तान्तरण गरे। अधिकारी नबिल बैंकका ग्राहक हुन्। 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना गत फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो। यस योजनामा नेपालभरिका कुनै पनि बैंकको आफ्नो मोबाइल बैंकिङ एपमार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए।

फोन पे डाइरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ। जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ। 


Share this with your friends: