बजारको सानदार पुनरागमन, बीमा समूहमा उछाल

2020-12-07
बजारको सानदार पुनरागमन, बीमा समूहमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूह ६९८.८१ अंकले बढ्दै १२२६४.६९ बिन्दुको उचाईमा पुग्न सफल भयो। 

आज निर्जीवन बीमा समूह पनि ४०५.५४ अंकले उकालो लाग्दै ९७४८.८८ को उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा युनाइटेड इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ८.४८ प्रतिशतले बढ्दै प्रतिकित्ता ४८६ रुपैयाँ कायम भयो। त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ७.४३, सिद्धार्थ इन्स्योरेन्स ७.१२ र हिमालयन जनरल इन्स्योरेन्सको ६.८७ प्रतिशतले बढे। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

अघिल्लो कारोबार दिन पहिरो आएको नेप्से परिसूचकमा आज भने उछाल आएको छ। आज नेप्से परिसूचक ७२.२८ अंकले बढ्दै २००४.३९ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँमा किनबेच भयो। 

आज १२ वटा समूहमै हरियाली छायो। बैंकिङ समूह ३१.९१ अंकले बढेको आज व्यापार १३०.९, होटेल ६०.०६, विकास बैंक ४३.२५, हाइड्रोपावर ९८.४७, वित्त २०.६५, उत्पादन तथा प्रशोधन २२४.७७, अन्य ८०.५, लघुवित्त १२७.५५ र म्युचुअल फन्ड ०.०८ अंकले बढे। 

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त, माथिल्लो तामाकोशी र सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। 
आज एनआईसी एसिया डिबेन्चेर २०८३र८४ को इकाइमूल्यमा सबैभन्दा बढी २ अंकको गिरावट आयो।  

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भयो।

नेपाल लाइफ इन्स्योरेन्सको ४७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल टेलिकमको ३३ करोड ७४ लाख रुपैयाँ, प्रभु बैंकको २५ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २४ करोड ३६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १९ करोड ७३ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १६ करोड ३५ लाख रुपैयाँ, नेपाल बैंकको १४ करोड ७६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: