काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ७४२.७६ अंकले बढ्दै १७,४८२.७९ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५६१.३४ अंकले बढ्दै १२७९१ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले बढ्दै प्रतिकित्ता ८०६ रुपैयाँ कायम भयो। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ६.४२ प्रतिशत, सगरमाथा इनस्योरेन्स ६.२६, प्रिमियर इन्स्योरेन्स ६.०१, अजोड इन्स्योरेन्स ५.९०, प्राइम लाइफ इन्स्योरेन्स ५.६०, सिद्धार्थ इन्स्योरेन्स ५, लुम्बिनी जनरल ४.६६, शिखर इन्स्योरेन्स ४.५९, जनरल इन्स्योरेन्स ४.५२ नेको इन्स्योरेन्स ४.०१, सूर्या लाइफ ४, नेशनल लाइफ ३.८६, प्रभु लाइफ ३.७६, आइएमई जनरल ३.७२ एभरेष्ट इन्स्योरेन्स ३.६३, हिमालयन जनरल ३.६१, नेपाल पुनर्बीमा ३.५६ र रिलायन्स लाइफको सेयरमूल्य ३.५० प्रतिशत ले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
बजारले आफ्नो उकालो यात्रालाई आज पनि कायम राखेको छ। आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आएको छ। परिसूचक ६३.३८ अंकले बढ्दै २५३८.४६ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड २४ लाख ३० हजार ००२ कित्ता सेयर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २६.५२ अंकले बढेको आज व्यापार १३.२, होटm एण्ड टुरिजम १५३.७७, विकास बैंक ४६.८७, हाइड्रोपावर १३.८, वित्त ६.३७, उत्पादन तथा प्रशोधन १७२.८८, अन्य ५७.९४, लघुवित्त २४६.६, म्युचुअल फन्ड ०.१६ र लगानी समूह १.२५ अंकले बढे।
आज स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै सामूदायिक लघुवित्तको सेयरमूल्य ९.९९, समिट लघुवित्त ९.९८, चन्द्रागिरी हिल्स ९.९८, किसान लघुवित्त ९.९७, स्वाभिमान लघुवित्त ९.९६, युनाइटेड इदी मर्दी ९.७९ र सबैको लघुवित्तको सेयरमूल्य ९.१८ प्रतिशतले बढ्यो।
आज ग्रिनलाइफ हाइड्रोको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.०६ प्रतिशतको गिरावट आयो। यसैगरी खानीखोला हाइड्रोपावरको सेयरमूल्य ६.०२, जोशी हाइड्रोपावर ५.१५ र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ४.२२ प्रतिशतले घट्यो।
यो दिन नेपाल बंगलादेशको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ३९ करोड ९० लाख बढीको सेयर कारोबार भयो भने नेपाल लाइफको ३१ करोड २० लाख, निफ्रा २१ करोड १८ लाख र अपर तामाकोशीको १५ करोड ६३ लाख बढीको सेयर कारोबार भयो।