बजारको गिरावट कायमै, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-06-01
बजारको गिरावट कायमै, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १७६.६७ अंकले घट्दै १८०००.२१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२३.९९ अंकले घट्दै १४३२०.८० बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशतले बढ्दै प्रतिकित्ता १६३१ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ११.६८ अंकले घट्दै २७७१.१५ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा तीनवटा समूहमा मात्रै हरियाली छायो भने अन्य सकै समूहमा रातो पोतियो। आज विकास बैंक समूहमा सर्वाधिक वृद्धि भयो। यो समूह २१.४१ अंकले बढ्यो भने अन्य समूह १४.७१ र वित्त समूह १.८८ अंकले बढ्यो। 

बैंकिङ समूह ११.७६ अंकले घटेको आज व्यापार ९३.५६, होटल एण्ड टुरजिम ९१६.१६, हाइड्रोपावर २८.३८, उत्पादन तथा प्रशोधन ३९.०१, लघुवित्त १७.६८, म्युचुुअल फन्ड ०.०१ र लगानी समूह ०.६७ अंकले घट्यो। 

आज कालिका पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै लुम्बिनी विकास बैंक८.२५, गोर्खाज फाइनान्स ७.९७, समिट लघुवित्त ७.८७ र महालक्ष्मी विकास बैंकको सेयरमूल्य ५.४३ प्रतिशतले बढ्यो। 

आज दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.०२ प्रतिशतको गिरावट आयो। खानीखोला हाइड्रोपावरको सेयरमूल्य ४.२१, जोशी हाइड्रोपावर ४.१७ र आखुखोला हाइड्रोपावरको सेयरमूल्य ४.१२ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ५७ करोड ८ लाख बढीको सेयर कारोबार भयो भने लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख, राधि विद्युत कम्पनी २३ करोड ३५ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १६करोड ५३ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: