बजारको वृद्धिमा ब्रेक, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-06-09
बजारको वृद्धिमा ब्रेक, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३८.४३ अंकले बढ्दै १५२४५.२७ बिन्दुको उचाइमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३२.५२अंकले बढ्दै १८९९८.३६ बिन्दुको उचाइमा पुुग्यो।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.९५ प्रतिशतले बढदै प्रतिकित्ता १००६ रुपैयाँ कायम भयो। यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य पनि ९.६१ प्रतिशतले बढ्दै प्रतिकित्ता १०३८ रुपैयाँ कायम भयो। आज एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ४.०५, हिमालयन जनरल ३.३०, लुम्बिनी जनरल २.३८, यूुनाइटेड इन्स्योरेन्स २.०४ र नेपाल लाइफको सेयरमूल्य १.९५ प्रतिशतले बढ्यो।

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.८८ प्रतिशतले घट्दै प्रतिकित्ता १९२० रुपैयाँ कायम भयो।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोारो अंकको गिरावट आयो। परिसूचक १३.५६ अंकले घट्दै २९४६.५८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार ०२२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँमा किनबेच भयो।

आज बजारमा ६ वटा समूह वृद्धि भए भने अन्य सबै समूह ओरालो लागे। आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै बढोत्तरी आयो। यो समूह २३७.४६ अंकले बढ्यो भने व्यापार समूह ७८.९३, वित्त ४७.३८ र म्युचुुअल फन्ड ०.०३ अंकले बढ्यो।

विकास बैंक समूहमा आज सबैभन्दा धेरै गिरावट आयो। यो समूह २११.८८ र्अकले घट्यो। यस्तै बैंकिङ समूह ११.३४, होटल एण्ड टुरिजम २.०१, हाइड्रोपावर १५.९१, अन्य ३१.५२, लघुवित्त १८.६५ र लगानी समूह १.०२ अंकले घट्यो।

आज नेपाल इन्स्योरेन्स र युनाइटेड मोदि हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी कम्पनीहरुको सेयरमूल्य ९.९५ प्तिशतले बढ्यो। रिडि हाइड्रोपावरको सेयरमूल्य ९.९२, अरुण भ्यालि हाइड्रोपावर ९.८६, सिईडिबि हाइड्रोपावर ९.८६, बरुण हाइड्रोपावर ९.८२, पोखरा फाइनान्स ९.६३ र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९.६१ प्रतिशतले बढ्यो।

आज युनाइटेड इदी मर्दीको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.८८ प्रतिशतको गिरावट आयो। यस्तै महालक्ष्मी विकास बैंकको सेयरमूल्य ६.३७, साइन रेसुंगा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५.९७, गरिमा विकास बैंक ५.६३, लुम्बिनी विकास बैंक ५.५४ र सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३२ प्रतिशतले घट्यो।

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ८७ करोड ९४ लाख बढीको सेयर करोबार भयो भने नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ८० लाख, नेपाल इन्स्योरेन्स ५१ करोड ६ लाख र लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख बढीको सेयर करोबार भयो।       


Share this with your friends: