बजारको उत्कृष्ट पुनरागमन, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

2021-06-22
बजारको उत्कृष्ट  पुनरागमन, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ३८७.८५ अंकले बढ्दै १७८८२.२० बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७५.२३ अंकले बढ्दै १४८११.५४ बिन्दुमा पुुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ५.६७ प्रतिशतले बढ्दे प्रतिकित्ता ७८३ रुपैयाँ कायम भयो। त्यस्तै नेपाल इन्स्योरेन्सको सेयरमूल्य ५.३२, गुराँस लाइफ ४.८९ र एशियन लाइफको सेयरमूल्य ४.२२ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज बजारले उत्कृष्ठ पुनरागमन गरेको छ। दुुईदिन लगातार भारी अंकले घटेको बजारमा आज उछाल आएको हो। परिसूचक ७९.४४ अंकले बढ्दै २९१३.८४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपेयाँमा किनबेच भयो। 

आज बजारमा सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ४४.३१ अंकले बढेको आज व्यापार २१.५४, होटल एण्ड टुरिजम १०९.९५, विकास बैंक २५१.३३, हाइड्रोपावर १५०.०१, वित्त १२७.६, उत्पादन तथा प्रशोधन १६२.४१, अन्य ३४.८२, लघुवित्त ६४.९, म्युचुुअल फन्ड ०.२१ र लगानी समूह ४.५८ अंकले बढ्यो। 

आज ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज  अपि पावर कम्पनी, न्यादी गुप्र पावर कम्पनी, पन्चकन्या माइहाइड्रो, वरुण हाइड्रो, एचआइएडीसीएल र जानकी फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज गाखौज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १.०५ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको १ अर्ब ४९ करोड बढीको सेयर कारोबार भयो भने एचआईडीसीएल ३२ करोड २५ लाख र एनएचपीसीको २६करोड ३४ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: