काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २२.२१ अंकले घट्दै ११७५२.२१ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ४.५३ अंकले ओरालो लाग्दै १३९६७.६९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य २.४० प्रतिशतले बढ्दै प्रतिकित्ता ७६९ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीके सूचीमा दुईवटा बीमा कम्पनी परे। आज युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.४० र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य २.७५ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
निरन्तर घटिरहेको सेयर बजारमा आज भने सामान्य अंकको वृद्धि देखियो। परिसूचक ५.२८ अंकले बढ्दै २६३३.६५ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ९ वटा उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १.६५ अंकले बढेको आज व्यापार ११.९३, विकास बैंक ७.९३, हाईड्रो ७.०४, वित्त ६.९७, उत्पादन तथा प्रशोधन ५४.६८, अन्य १९.५७, म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ०.१६ अंकले बढ्यो।
होटल उपसूचक १७.४९ र लघुवित्त उपसूचक ५.९ अंकले घट्यो।
आज न्यादी र सामलिंग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यी कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.३९, समृद्धि फाइनान्सको सेयरमूल्य ७.७३ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.३९ प्रतिशतले बढ्यो।
आज आईसीएफसी फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशतले घट्यो।
यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १४ करोड ५३ लाख बढीको सेयर कारोबार भयो भने हिमालयन डिस्टीलरी १० करोड ५१ लाख र महिला लघुवित्तको ९ करोड ३० लाख बढीको सेयर कारोबार भयो।