बजारमा एकल अंकको करेक्सन, पुनर्बीमाको सर्वाधिक कारोबार

2020-12-08
बजारमा एकल अंकको करेक्सन, पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह १३१.७५ अंकले घट्दै ९६१७.१४ को बिन्दुमा सीमित बन्यो। 

जीवन बीमा समूह पनि १२०.६६ अंकले घट्दै १२१४४.०३ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा समेत कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा एकल अंकको करेक्सन आएको छ। आज परिसूचक ९.०४ अंकले ओरालो लाग्दै १९९५.३५ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०२ कम्पनीका १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता सेयर ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो। हाइड्रोपावर ८३.८९ अंकले बढ्यो भने म्युचुअल फन्ड ०.०९ अंकले उकालो लाग्यो। बैंकिङ समूह ७.६९ अंकले घटेको यो दिन व्यापार ८६.४, होटल ८.१२, विकास बैंक ३१.८७, वित्त १५.१२, उत्पादन तथा प्रशोधन १०४.७६, अन्य १८.५२ र लघुवित्त ३.७१ अंकले घटे। 

आज चार कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नाराणयी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले र माथिल्ला तामाकोशी, रसुवागढी हाइड्रोपावर तथा सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। विशाल बजार कम्पनीको सेयरमूल्यमा पनि आज ६ प्रतिशतको हाराहारीमा गिरावट आयो।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको २५ करोड ८५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड ५ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १५ करोड ९१ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १४ करोड ८७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको १२ करोड ९० लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ५९ लाख रुपैयाँ र छिमेक लघुवित्तको १२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भयो। 

 


Share this with your friends: