काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ५२.४७ उकालो लाग्दै ९७६०.९३ को उचाईमा पुग्यो। आज जीवन बीमा समूह भने ओरालो लागेको छ। आज यो समूह ७६.३९ अंकले ओरालो लाग्दै १३९४६.०९ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा आज दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। यो दिन शिखर इन्स्योरेन्सको सेयरमूल्य ४.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता १८५० रुपैयाँ कायम भयो। त्यस्तै अर्काे बीमा कम्पनी युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ४.३५ प्रतिशतले बढ्दै प्रतिकित्ता ४८० रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा अजोड इन्स्योरेन्स रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.४८ प्रतिशतले घट्दै प्रतिकित्ता ६३० रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से इन्डेक्समा करेक्सन आएको छ। नेप्से इन्डेक्स ६.३६ अंकले घट्दै २१६९.०४ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०२ कम्पनीका १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पातियो। विकास बैंक समूह ८.४२ अंकले बढेको आज हाइड्रोपावर २.१४, वित्त ५.६३ र अन्य समूह ९.८५ अंकले बढे।
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक गिरावट आयो। आज यो समूह १००.५२ अंकले घट्यो भने बैंकिङ ११.२, व्यापार ३.७७, होटल ०.१५र लघुवित्त ४.७३ अंकले घटे। आज म्युचुअल फन्ड समूह भने स्थिर रह्यो।
आज जानकी फाइनान्सको सेयमूल्य सार्वाधिक वृद्धि भएको छ। आज यो कम्पनीको सेयरमूल्य ९.९६ अंकले बढ्यो भने किसान लघुवित्तको ९.५०, नारायणी विकास बैंक ७.९४ र राधि विद्युत कम्पनीको सेयरमूल्य ५.१७ अंकले बढे।
यो दिन नेशनल माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। आज यो कम्पनीको सेयरमूल्य ५.८४ प्रतिशतले घट्यो भने नेपाल फाइनान्स ३.७०, एभरेष्ट बैंक ३.४१ र मल्टीपर्सस फाइनान्सको सेयरमूल्य ३.२७ प्रतिशतले घट्यो।
आज नेपाल पुनर्बीमा कम्पनीले ४६ करोड ८ लाख बढीको सर्वाधिक कारोबार गर्यो। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ४० करोड ७१ लाख, नेपाल टेलिकम ३७ करोड ७८ लाख र शिखर इन्स्योरेन्सको २५ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।